बारम्बार सोधिने प्रश्नहरु

अन्तःशुल्क वस्तु तथा सेवाको आन्तरिक उत्पादन र पैठारीमा लाग्ने कर हो । सिद्धान्ततः मानवीय स्वास्थ्य र वातावरणमा नकारात्मक प्रभाव पार्ने तथा बिलासिताका वस्तुमा अन्तःशुल्क लगाईन्छ । यो सामान्यतया उत्पादनको तहमा र पैठारीमा मात्र लाग्दछ । अन्तःशुल्क लाग्ने भनि तोकिएका स्वदेशी उत्पादन वा पैठारी हुने बस्तु वा प्रदान गरिने सेवामा त्यस्ता बस्तु वा सेवा उत्पादन गर्न लाग्ने खर्च र प्रतिष्ठानको नाफा मात्र जोडी हुने मूल्यमा वा निश्कासन भएको परिमाणमा तोकिएको दर अनुसार निष्कासनका बखत लाग्ने कर नै अन्तःशुल्क हो ।

पैठारी गर्दाकै अबस्थामा भन्सार विन्दूमा लाग्छ ।

सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय वा आन्तरिक राजस्व  विभागमा सम्पर्क राखेमा यस सम्बन्धी जानकारी पाईन्छ ।

अन्तःशुल्कजन्य बस्तुको कारोबार गर्ने ईजाजतपत्रवालाले अनिवार्य रुपमा आफूले ईजाजतपत्र लिएको कार्यालयमा गई तोकिए बमोजिमको दस्तुर दाखिला गरी श्रावण महिना भित्र नविकरण गराउनु पर्दछ । स्प्रिट, खाँडसारी उद्योग, मदिरा, वाइन, वियर, चुरोट, विँडी, सूर्ति, गुट्खा, पानमसला जस्ता मदिराजन्य र सुर्तीजन्य पदार्थको उत्पादकले तोकिएबमोजिम जरीवाना तिरी माघ मसान्तसम्म इजाजतपत्र नविकरण गर्न सक्नेछन् । यी वस्तुको खरिद विक्री गर्ने व्यवसायीले तोकिएको जरीवाना तिरी आर्थिक वर्षको अन्त सम्म पनि नविकरण गर्न सक्नेछन् । जरीवाना तिरेर नविकरण गराउन पाउने अवधिसम्म पनि नविकरण नगराएमा इजाजत स्वत: खारेज हुन्छ ।

मदिराजन्य पदार्थहरु (मदिरा, वाईन, वियर, स्प्रिट लगायत) तथा सूर्तीजन्य पदार्थहरु(चुरोट, विंडी, खैनी, गुट्खा पानपराग, पानमसला वा अन्य यस्तै पदार्थहरु) को उत्पादन, आयात तथा विक्री वितरणको कारोबार गर्नु अगाबै इजाजत पत्र लिनु पर्दछ । चुरोट तथा अन्य सूर्तीजन्य पदार्थहरु बाहेकका स्वयं निष्कासन प्रणाली अन्तर्गतका वस्तुहरु जस्तै मार्वल, टायल,  टेलिभिजन, मोटरसाइकल, कुरकुरे, सिमेन्ट, फलामे डण्डि, पेन्टस, प्लाष्टिकका सामानहरुको उत्पादन गर्नु अगावै इजाजत पत्र लिनु पर्दछ । तर यस्ता वस्तुको विक्री वितरणको कारोवार गर्नको लागि इजाजत पत्र लिनु पर्दैन ।
तपाईंले सम्वन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा र उक्त कार्यालय नभएको जिल्लाहरुमा  कोष तथा लेखा  नियन्त्रक कार्यालयमा गई इजाजतपत्र लिनु पर्दछ ।

सम्बन्धित निकायमा ब्यबसाय दर्ता गरेको ब्यबसाय दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र र नेपाली नागरिकताको प्रमाणपत्रको छायाँ प्रति, राहदानी आकारको फोटो २ प्रति, कारोबार गर्ने ठाउँको नक्सा र तोकिए बमोजिमका कागजात संलग्न गर्नु पर्दछ ।

मदिरा, वियर, वाइन, चुरोट र सूर्तीजन्य पदार्थ उत्पादन, पैठारी, निकासी, विक्री वा  संचय गर्न  तथा त्यस्तो बस्तुको थोक वा खुद्रा खरिद, विक्री, ओसार पसार र भण्डारणको कारोबार शुरु गर्नु भन्दा अगाडि नै ईजाजत लिनु पर्दछ । मदिरा, वियर,  वाइन, चुरोट र सूर्तीजन्य पदार्थ बाहेकका अन्य बस्तुका निकासीकर्ता तथा पैठारीकर्ताले निकासी तथा पैठारी गर्नु अगावै र उत्पादकले उत्पादन शुरुगर्नु अगावै इजाजत पत्र लिनु पर्छ । त्यस्ता वस्तुका विक्रेताले इजाजतपत्र लिनु पर्दैन ।

अन्तःशुल्क लाग्ने वस्तुको कारोबार गर्दा निम्न बमोजिम कारोवार गर्न चाहने व्यक्तिले निम्न बमोजिमको ईजाजत लिनु पर्छः

 क) अन्तःशुल्क लाग्ने बस्तु उत्पादन गर्न उत्पादन ईजाजत,

 ख)   विदेशबाट अन्तःशुल्क लाग्ने बस्तु पैठारी गर्दा पैठारी ईजाजत,

 ग)   अन्तःशुल्क लाग्ने बस्तु खरिद विक्री गर्दा खरिद विक्रीको ईजाजत,

 घ)   अन्तःशुल्क लाग्ने बस्तु संचय गर्नु परेमा संचय गर्ने ईजाजत,

 ङ)   अन्तःशुल्क लाग्ने बस्तु निकासी गर्नु परेमा निकासी ईजाजत

(क)   परराष्ट्र मन्त्रालयको सिफारिसमा कुटनैतिक सुविधा अन्तर्गत अन्तःशुल्क लाग्ने वस्तुको पैठारी गर्दा ।

(ख)   स्वयम् निष्काशन प्रणाली अन्तर्गतका वस्तुहरुको विक्री वा संचय गर्न । तर स्वयं निश्काशन भए पनि चुरोट तथा सूर्तिजन्य वस्तुको उत्पादन र विक्री वितरणको हकमा इजाजत लिनुपर्दछ । त्यस्तै स्वदेशी झुत्रा वा पत्रु (कवाडी) वस्तु प्रयोग गरी उत्पादन गर्ने उद्योगले अन्तःशुल्क इजाजत लिएर मात्र कारोबार गर्नु पर्दछ ।

अन्तःशुल्क नियमावली, २०५९ मा तोकिएको ढाँचाको निवेदन र सम्वन्धित कारोवारको लागि तोकिएको इजाजतपत्र दस्तुर दाखिला गरेको प्रमाण संलग्न गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालयमा र उक्त कार्यालय नभएको जिल्लाहरुमा कोष तथा लेखा नियन्त्रक कार्यालयमा कागजात सहित निबेदन पेश गरी प्राप्त गर्न सकिन्छ । हाल सबै प्रकृया अनलाइनबाट करदाताले आफै पुरा गरी अन्तःशुल्क इजाजत नविकरण गर्न सक्दछन तर प्रमाण लिनका लागि सम्बन्धित कार्यालयमा जानुपर्छ ।

अन्तःशुल्क ऐन अनुसार जारी भएका ईजाजतपत्रहरुको अबधि सामान्यत एक आर्थिक बर्षको  हुनेछ ।

अन्तःशुल्क लाग्ने वस्तु वा सेवाको कारोवार गर्न छाडेमा पन्ध्र दिनभित्र त्यसको कारण सहित  इजाजतपत्र स्थगन गर्नको लागि अन्तःशुल्क अधिकृत समक्ष निवेदन दिन सकिन्छ । अन्तःशुल्क अधिकृतबाट स्थगनको जानकारी प्राप्त भए पछि स्थगन भएको अवधि भर अन्तःशुल्क विवरण  दिन र  इजाजतपत्र नविकरण गराउनु पर्दैन ।

देहायको अवस्थामा इजाजतपत्र रद्द हुन सक्ने व्यवस्था छ ।

(क)   इजाजतपत्रमा तोकिएको शर्त तथा बन्देज उल्लंघन भएको पाइएमा,

(ख    सार्वजनिक हित विपरीत हुने देखिएमा,

(ग)   बुझाउनुपर्ने अन्तःशुल्क नबुझाएमा,

(घ)   इजाजतपत्रवाला संस्था विघटन भएमा वा इजाजतपत्रवालाले आफ्नो इजाजतपत्र रद्द गर्न निवेदन दिएमा ।

अन्तःशुल्क ऐन बमोजिम इजाजतपत्र नलिई अन्तःशुल्क लाग्ने बस्तु वा सेवाको उत्पादन वा पैठारी गरेमा विगो जफत गरी विगो बमोजिम जरिवाना वा एक वर्ष सम्म कैद वा दुवै सजाय हुनेछ । इजाजतपत्र नलिई अन्तःशुल्क लाग्ने बस्तु वा सेवाको बिक्री वा संचय गरेमा रु.पाँच हजार देखि पन्ध्र हजार सम्म जरिवाना हुनेछ । इजाजतपत्र नलिई अन्तःशुल्क लाग्ने बस्तु वा सेवाको कारोबार गरेमा इजाजत दस्तुर र नविकरण दस्तुरबाट उन्मुक्ती पाउदैन ।

इजाजतपत्र लिनु पर्ने वस्तु तथा सेवाको इजाजतपत्र दस्तुर र नवीकरण दस्तुर सम्बन्धमा अन्त M शुल्क नियमावली, २०५९ को अनुसूची २ मा व्यबस्था गरिएको हुन्छ। अन्त M शुल्क नियमावली, २०५९ मा २०८० मा भएको चौबिसौ संशोधन अनुसार देहाय बमोजिमको इजाजत दस्तुर र नविकरण दस्तुर तोकेको छ ।