स्थायी लेखा नम्बर लीने सम्बन्धी सूचना
आयकर ऐन, २०५८ को दफा ७८ तथा आयकर नियमावली, २०५९ को नियम २३ ले निर्धारणयोग्य आय आर्जन गर्न चाहने व्यक्ति, विभागले स्थायी लेखा नम्बर लिनु पर्ने भनी तोकिएको वा भुक्तानीमा कर कट्टी गर्नु पर्ने जुनसुकै व्यक्तिले त्यस्तो आय आर्जन गर्नु वा कर कट्टी गर्नु अगावै स्थायी लेखा नम्बर लिनु पर्ने व्यवस्था गरेको छ। यसै सन्दर्भमा बासिन्दा राइड सेयरिङ सेवा सञ्चालन गर्ने कुनै व्यक्ति (राइड सेयरिङ अपरेटर) को प्लाटफर्ममा आवद्ध भई सेवा प्रदान गर्ने व्यक्तिले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएर मात्र कारोबार गर्नु गराउनु हुन सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।