कार्यालय र कार्य क्षेत्र
| सि.नं | कार्यालयको नाम | कार्यालयको कार्यक्षेत्र |
|---|---|---|
| १ | ठूला करदाता कार्यालय | नेपाल सरकार, अर्थ मन्त्रालयले तोकेका करदाताहरुको वार्षिक कारोवारका आधारमा नेपाल राज्यभरी । |
| २ | मध्यमस्तरीय करदाता कार्यालय | नेपाल सरकार, अर्थ मन्त्रालयले तोकेका करदाताहरुको वार्षिक कारोवारका आधारमा नेपाल राज्यभरी । |
| ३ | आन्तरिक राजस्व कार्यालय, भद्रपुर | ताप्लेजुङ्, पाँचथर, इलाम जिल्ला र झापा जिल्लाको मेचीनगर नगरपालिका, कन्काई नगरपालिका, भद्रपुर नगरपालिका, अर्जुनधारा नगरपालिका, विर्तामोड नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका, बुद्धशान्ती गाउँपालिका, हल्दिवारी गाउँपालिका, र केचनाकवल गाउँपालिका । |
| ४ | आन्तरिक राजस्व कार्यालय, दमक | झापा जिल्लाको दमक नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, मोरङ्ग जिल्लाको लेटाङ नगरपालिका ,पथरी शनिश्चरे नगरपालिका ,उर्लाबारी नगरपालिका,कानेपोखरी गाउँपालिका र मिक्लाजुङ गाउँपालिका । |
| ५ | आन्तरिक राजस्व कार्यालय, विराटनगर | मोरङ्ग जिल्ला ।(मोरङ्ग जिल्लाको लेटाङ नगरपालिका ,पथरी शनिश्चरे नगरपालिका ,उर्लाबारी नगरपालिका,कानेपोखरी गाउँपालिका र मिक्लाजुङ गाउँपालिका बाहेकको क्षेत्र ) |
| ६ | आन्तरिक राजस्व कार्यालय, धरान | धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम जिल्ला र सुनसरी जिल्लाको धरान उपमहानगरपालिका र बराह नगरपालिक वडा नं. १ देखि७ । |
| ७ | आन्तरिक राजस्व कार्यालय, लाहान | सप्तरी, सिराहा, उदयपुर, ओखलढुङ्गा, खोटाङ् र सोलुखुम्बु जिल्ला । |
| ८ | आन्तरिक राजस्व कार्यालय, जनकपुर | सिन्धुली, सर्लाही, धनुषा र महोत्तरी जिल्ला । |
| ९ | आन्तरिक राजस्व कार्यालय, सिमरा | रौतहट र बारा जिल्ला । |
| १० | आन्तरिक राजस्व कार्यालय, वीरगञ्ज | पर्सा जिल्ला । |
| ११ | आन्तरिक राजस्व कार्यालय, धुलिखेल | काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा र सिन्धुपाल्चोक जिल्ला । |
| १२ | आन्तरिक राजस्व कार्यालय, भक्तपुर | भक्तपुर जिल्ला । |
| १३ | आन्तरिक राजस्व कार्यालय, ललितपुर १ | ललितपुर महानगरपालिका वडा नं १,२,३,४,५, १०,११,१३,१८,१९,२०,२१,२२ र २५ । |
| १४ | आन्तरिक राजस्व कार्यालय, ललितपुर २ | ललितपुर महानगरपालिका वडा नं ६, ७, ८, ९, १२, १४, १५, १६, १७, २३,२४,२६, २७, २८ र २९ तथा गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका, वाग्मती गाउँपालिका र महाङ्काल गाउँपालिका । |
| १५ | आन्तरिक राजस्व कार्यालय, हेटौंडा | मकवानपुर जिल्ला । |
| १६ | आन्तरिक राजस्व कार्यालय, चितवन | चितवन जिल्ला । |
| १७ | आन्तरिक राजस्व कार्यालय, दमौली | तनहु, गोरखा, लम्जुङ र मनाङ जिल्ला । |
| १८ | आन्तरिक राजस्व कार्यालय, बाग्लुङ | वाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङ । |
| १९ | आन्तरिक राजस्व कार्यालय, पोखरा | स्याङ्जा र कास्की जिल्ला । |
| २० | आन्तरिक राजस्व कार्यालय, भैरहवा | रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिकाको वडा नं ५ देखि १७ सम्म, देवदह नगरपालिकाको वडा नं १ देखि ४ र वडा नं ११ र १२, लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका, मायादेवी गाउँपालिका, ओमसतिया गाउँपालिका, रोहिणी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, सियारी गाउँपालिका र शुद्धोधन गाउँपालिका र नवलपरासी जिल्लाको रामग्राम नगरपालिका, सुस्ता गाउँपालिका, पाल्हीनन्दन गाउँपालिका, प्रतापपुर गाउँपालिका, सरावल गाउँपालिका । |
| २१ | आन्तरिक राजस्व कार्यालय, वुटवल | पाल्पा, गुल्मी जिल्ला, रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका, देवदह नगरपालिकाको वडा नं ५ देखि १०, सैनामैना नगरपालिका तथा तिलोत्तमा नगरपालिकाको वडा नं १ देखि ४ सम्म तथा नवलपरासी जिल्लाको सुनवल नगरपालिका तथा बर्दघाट नगरपालिका । |
| २२ | आन्तरिक राजस्व कार्यालय, कृष्णनगर | कपिलवस्तु र अर्घाखाँची जिल्ला । |
| २३ | आन्तरिक राजस्व कार्यालय, दाङ | दाङ, रोल्पा, रुकुम (पूर्व), रुकुम (पश्चिम), सल्यान र प्यूठान जिल्ला । |
| २४ | आन्तरिक राजस्व कार्यालय, नेपालगञ्ज | बाँके र बर्दिया जिल्ला । |
| २५ | आन्तरिक राजस्व कार्यालय, सुर्खेत | सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा र हुम्ला जिल्ला । |
| २६ | आन्तरिक राजस्व कार्यालय, धनगढी | कैलाली जिल्ला । |
| २७ | आन्तरिक राजस्व कार्यालय, महेन्द्रनगर | कञ्चनपुर जिल्ला । |
| २८ | आन्तरिक राजस्व कार्यालय, नयाँसडक | काठमाडौं महानगरपालिका वडा नं १९, २२, २३ र २४ । |
| २९ | आन्तरिक राजस्व कार्यालय, पुतलीसडक | काठमाडौं महानगरपालिका वडा नं १, २८ र २९ । |
| ३० | आन्तरिक राजस्व कार्यालय, त्रिपुरेश्वर | काठमाडौं महानगरपालिका वडा नं ११, १२, २० र २१ । |
| ३१ | आन्तरिक राजस्व कार्यालय, महाराजगञ्ज | काठमाडौं महानगरपालिका वडा नं ३ टोखा नगरपालिका वडा नं १ देखि ७ र बुढानिलकण्ठ नगरपालिका वडा नं १ देखि ७ । |
| ३२ | आन्तरिक राजस्व कार्यालय, बालाजु | काठमाडौं महानगरपालिका वडा नं १६, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका वडा नं ८ देखि ११ र रसुवा जिल्ला । |
| ३३ | आन्तरिक राजस्व कार्यालय, टंगाल | काठमाडौं महानगरपालिका वडा नं २, ४ र ५ । |
| ३४ | आन्तरिक राजस्व कार्यालय, ठमेल | काठमाडौं महानगरपालिका वडा नं १७, १८, २५, २६, र २७ । |
| ३५ | आन्तरिक राजस्व कार्यालय, चाबहिल | काठमाडौं महानगरपालिका वडा नं ७ र बुढानिलकण्ठ नगरपालिका वडा नं ८ देखि १३ । |
| ३६ | आन्तरिक राजस्व कार्यालय, बत्तीसपुतली | काठमाडौं महानगरपालिका वडा नं ८, ९ र ३० । |
| ३७ | आन्तरिक राजस्व कार्यालय, बानेश्वर | काठमाडौं महानगरपालिका वडा नं १० र ३१ । |
| ३८ | आन्तरिक राजस्व कार्यालय, कोटेश्वर | काठमाडौं महानगरपालिका वडा नं ३२ र कागेश्वरी मनहरा नगरपालिका वडा नं ७ देखि ९ । |
| ३९ | आन्तरिक राजस्व कार्यालय, कालिमाटी | काठमाडौं महानगरपालिका वडा नं १३, १४, दक्षिणकाली नगरपालिका र किर्तिपुर नगरपालिका । |
| ४० | आन्तरिक राजस्व कार्यालय, कलंकी | काठमाडौं महानगरपालिका वडा नं १५, नागार्जुन नगरपालिका, चन्द्रगिरी नगरपालिका तथा धादिङ र नुवाकोट जिल्ला । |
| ४१ | आन्तरिक राजस्व कार्यालय, इटहरी | सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका, बराह नगरपालिकाका वडा नं ८ देखि ११, इनरुवा नगरपालिका, दुहवी नगरपालिका, रामधुनी नगरपालिका, देवानगञ्ज गाउँपालिका, कोशी गाउँपालिका, गढी गाउँपालिका, बर्जु गाउँपालिका, भोक्राहा गाउँपालिका र हरिनगरा गाउँपालिका । |
| ४२ | आन्तरिक राजस्व कार्यालय, कावासोती | नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला । |
| ४३ | आन्तरिक राजस्व कार्यालय, जुम्ला | जुम्ला, मुगु र कालिकोट जिल्ला । |
| ४४ | आन्तरिक राजस्व कार्यालय, डडेलधुरा | दार्चुला, बैतडी, डोटी, अछाम, बझाङ, बाजुरा र डडेलधुरा |
| ४५ | आन्तरिक राजस्व कार्यालय, जोरपाटी | काठमाडौं महानगरपालिका वडा नं ६, गोकर्णेश्वर नगरपालिका, शंखरापुर नगरपालिका र कागेश्वरी मनहरा नगरपालिका वडा नं १ देखि ६ । |
| ४६ | आन्तरिक राजस्व कार्यालय गल्छी |
धादिङ ,नुवाकोट र रसुवा जिल्ला । |
| ४७ | आन्तरिक राजस्व कार्यालय बर्दिबास |
महोत्तरी (बर्दिबास नगरपालिका, गौशाला नगरपालिका, औरही नगरपालिका, रामगोपाल नगरपालिका, सोनमा गाउँपालिका,शाम्शी गाउँपालिका.), सिन्धुली जिल्ला र सर्लाही जिल्ला । |
* ठूला करदाता कार्यालय: साबिक मुल्य अभिवृद्धि कर विभागमा वार्षिक रु. ५ करोड भन्दा बढी करयोग्य कारोबार गर्ने करदाताको कर परीक्षण हुने व्यवस्था गरिएको थियो । विभाग एकीकरण भएपछि रु. १० करोडभन्दा बढी कारोबार हुने करदाताको कर परीक्षण विभागबाटै हुने प्रबन्ध मिलाइयो । २०६० माघ १ गते देखि ठूला करदाता कार्यालय स्थापना गरियो । हाल यो कार्यालयले वार्षिक १०० करोडभन्दा बढी करयोग्य कारोबार गर्ने करदाताको कर प्रशासन गर्दछ । ठूला करदाता कार्यालय ललितपुरमा रहेको छ ।
* मध्यमस्तरीय करदाता कार्यालय: २०७७ श्रावणदेखि वार्षिक रु. ५० करोड भन्दा बढी १०० करोडसम्म कारोबार भएका करदाताको कर प्रशासन गर्न यो कार्यालय स्थापना गरियो । मध्यमस्तरीय करदाता कार्यालय काठमाडौंमा रहेको छ ।
* आन्तरिक राजस्व कार्यालय: विभाग एकीकृत हुँदा आन्तरिक राजस्व कार्यालयको संख्या २२ थियो । २०८३ साल असारसम्म आइपुग्दा मुलुकभर रहेका आन्तरिक राजस्व कार्यालयको संख्या ४५ पुगेको छ । यी कार्यालयबाट वार्षिक रु.५० करोडसम्म कारोबार गर्ने करदाताको कर प्रशासन हुने गर्दछ ।