विल/बीजक जारी गर्ने सम्बन्धी सूचना।
मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम १७ बमोजिम कुनै वस्तु वा सेवाको आपूर्ति गर्दा बीजक जारी गर्नुपर्ने कानूनी व्यवस्था छ। नागरिकले तिरेको करबाट राष्ट्रको समृद्धिमा टेवा पुग्ने हुँदा वस्तु वा सेवा खरिद गर्दा विल/बीजक लिनु नागरिकको कर्तव्य हो। करदाताले वस्तु वा सेवा बिक्री गर्दा अनिवार्य रूपमा बीजक जारी गर्नुपर्ने व्यवस्था भएकोले अनिवार्य रूपमा बीजक जारी गरी कारोबार गर्नुहुन सूचित गरिन्छ। अन्यथा कर अधिकृतहरुबाट नियमित रूपमा हुने बजार अनुगमनको क्रममा बिल बीजक जारी नगर्ने लगायतका कानून विपरितको कार्य भेटिएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ।