बीजकको ढाँचा सम्बन्धी सार्वजनिक सूचना

आर्थिक विधेयक, 2083 को दफा 13 ले नेपालमा उपभोग हुने पाँच तारे र सोभन्दा माथिका तारे होटल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवाको विक्री मूल्यमा र आयातित तयारी मदिराको पैठारीमा भन्सार महसुल तथा अन्त:शुल्क सहितको मूल्यमा विलासिता शुल्क, दफा 14 ले नेपालमा उपभोक्तालाई सुन, चाँदी तथा तिनका गरगहना र वस्तुहरुको बिक्री गर्दा त्यस्तो बिक्रीमा सिप प्रवर्द्धन शुल्क, दफा 16 ले निजी क्षेत्रबाट सञ्चालित शिक्षण संस्थाले विद्यार्थीबाट असुल गर्ने सबै प्रकारको शुल्कमा शिक्षा समता शुल्क तथा दफा 17 ले निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायकले विरामीबाट असुल गर्ने सबै प्रकारका सेवा शुल्कमा स्वास्थ्य समता शुल्क लगाई सम्वत् 2083 साल श्रावण 1 गते देखि असुल गर्नु पर्ने व्यवस्था गरेको हुनाले उक्त शुल्क असुल गर्ने प्रयोजनको लागि तपसिल बमोजिमको बीजकहरुको ढाँचा तोक्ने भनी आन्तरिक राजस्व विभागबाट मिति 2083/03/26 मा निर्णय भएको  हुँदा सोही बमोजिमको सार्वजनिक सूचना प्रकाशित गरिएको छ।