हिरामा मूल्य अभिवृद्धि कर लाग्ने सम्बन्धी सार्वजनिक सूचना।

आर्थिक विधेयक, २०८३ ले संशोधन गरेको मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची-१ को समूह ११ अन्य वस्तु तथा सेवा (अ) मालवस्तुहरु अन्तर्गत ७१.०२ परिष्कार गरिएको वा नगरिएको, तर नजडेको वा सेटमा नराखिएको हिरा भन्ने वाक्यांश उल्लेख भएको कारण सर्वसाधारण, उपभोक्ता तथा कतिपय व्यवसायीहरूमा हिरामा मूल्य अभिवृद्धि कर छुट हो कि भन्ने अन्योल र द्विविधा उत्पन्न भएको विषयमा विभागको ध्यानाकर्षण भएको छ।

मूल्य अभिवृद्धि कर ऐन २०५२ बमोजिम अनुसूची-१ मा उल्लिखित कर छुट हुने वस्तु तथा सेवाहरूको सूचीको शीर्षक (चार अंक) अन्तर्गत समावेश भएको उपशीर्षक (आठ अंक) को वस्तु वा सेवाहरुमा मात्र कर छुट हुन्छ । अतः शीर्षक ७१.०२ परिष्कार गरिएको वा नगरिएको, तर नजडेको वा सेटमा नराखिएको हिरा अन्तर्गत कुनै पनि उप शीर्षक (आठ अंक) समावेश नगरिएकोले शीर्षक मात्र उल्लेख भएको कारण उक्त शीर्षकमा कर छुट नहुने हुँदा हिरामा कर लाग्ने विषयमा द्विविधा नरहन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।