उपहार विजेता छनोट कार्यक्रम स्थगित भएको सूचना !
रसुवा, नुवाकोट, धादिङ्ग लगायतका स्थानमा गएको बाढी पहिरोको बिषम परिस्थितिको कारण आज मिति २०८३ भदौ १६ गते छनौट हुनुपर्ने करदाता प्रोत्साहन उपहार कार्यक्रमको बिजेता घोषणा कार्यक्रम स्थगित गरिएको छ।
स्थगित उक्त कार्यक्रम तथा आगामी पाक्षिक अवधिको उपहार विजेता छनोट कार्यक्रम मिति २०८३ आश्विन १ गते भदौ महिना भरको खरिद बीजकहरुको कुपनहरुको दैनिक तथा बम्पर उपहारका बिजेता छनोट गरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।