सार्वजनिक सूचना - राइड सेयरिङ सेवामा मूल्य अभिवृद्धि कर सम्बन्धी सार्वजनिक सूचना, 2083
आर्थिक ऐन, २०८३ ले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ७ मा उपदफा (१ख.) थप गरी बासिन्दा राइड सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्ति (राइड सेयरिङ अपरेटर) बाट सञ्चालित प्लाटफर्ममा आवद्ध भई यातायात तथा ढुवानी सेवा प्रदान गर्ने व्यक्तिलाई कारोबार गरेको बखत राइड सेयरिङ सेवा सञ्चालन गर्ने व्यक्तिले मूल्य अभिवृद्धि कर असुल गर्ने सम्वन्धमा भएको व्यवस्थालाई सरलीकृत गरी प्रक्रियागत सहजता, स्पष्टता, पारदर्शिता र अनुमानयोग्य बनाई कर कानूनको परिपालना र कर सहभागिता सुनिश्चित गर्न वाञ्छनीय भएकोले, राइड-सेयरिङ सेवामा मूल्य अभिवृद्धि कर सम्बन्धी सार्वजनिक सूचना, २०८३ जारी गर्ने भनी आन्तरिक राजस्व विभागबाट मिति २०८३/०३/३१ मा निर्णय भएको हुनाले सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।