About

प्रमुख कर अधिकृतहरुकाे नामावली

Download PDF: प्रमुख कर अधिकृतहरुकाे नामावली

कार्यालयको परिचय

काठमाडाै‌ उपत्यकाका वडा नं‍‍ २, ४ र ५ कार्यक्षेत्र ताेकिएकाे यस कार्यालयकाे स्थापना मिति २०६८।०३।२६ मा भएको हाे । यस कार्यालयले सेवा प्रवाह सरल, प्रभावकारी एव‌ं करदाता मैत्री वनाउन विद्युतीय सुशासन (E- Governance) काे अवधारणा अनुसार आफ्ना सेवाहरु Online माध्यमव्दारा प्रवाह गरिएकोले कर सहभागिता, कर स‌ंकलन तथा सेवा प्रवाह  लागत घट्दै जाने विश्वास लिएको छ । करदाताहरुमा कर प्रशासन प्रति जन चेतना अभिवृद्धि गर्दै कर स्वैच्छिक कर सहभागिता वृद्धि गरी आधुनिक कर प्रणाली अवलम्वन गर्दै " स्वेच्छिक कर सहभागितामा अभिवृद्धि: सुशासन, विकास र सम्वृद्धि" भन्ने मूल नाराका साथ अधि वढिरहको आन्तरिक राजस्व विभागकाे अभियान प्रति सार्थक भुमिका निर्वाह गर्दै यस आन्तरिक राजस्व कार्यालय टंगाल अघि वढिरहेकाे छ ।

कार्यालयको मुख्य कार्यहरु

कार्यालयबाट प्रदान हुने सेवाहरुः

करदाता सेवा सम्वन्धी कार्यः

  क करदाता दर्ता वा पुनः दर्ता र दर्ता खारेजी सम्वन्धी कार्य ।

  ख करदाताको अभिलेख व्यवस्थापन गर्ने ।

  ग विद्य‌ुतीय अभिलेखिकरण तथा त्रुटि संसोधन गर्ने ।

  घ आय विवरण तथा कर विवरण दर्ता, प्रशोधन तथा कम्प्यूटरकृत गर्ने ।

  ङ विद्य‌ुतीय दर्ता प्रणालीमा प्रोत्साहन ।

  च आय विवरण तथा कर विवरणहरुको द्रुतः करपरीक्षण गर्ने ।

  छ करचूक्ता प्रमाणपत्र प्रदान गर्ने ।

  ज करदातालाई आवश्यक सूचना र सहयोग उपलव्ध गराउने ।

  झ विवरण नदिने करदाताहरुको सूची तयार गर्ने ।

  ञ शून्य विवरण दिने करदाताहरुको कारोवारको लेखाजोखा गर्ने ।

  ट करदाताको कारोबारस्थलमा मैत्रीपूर्ण भ्रमण गर्ने ।

  ठ करदाता शिक्षा कार्यक्रम, अन्तर्क्रिया कार्यक्रम, कार्यशाला तथा गोष्ठी संचालन  गर्ने ।

  ड अन्तशुल्क लाग्ने वस्तुको इजाजत वाहेक अन्य इजाजत पत्र प्रदान गर्ने र नविकरण गर्ने ।

  ढ अन्तःशुल्क लाग्ने वस्तुको उत्पादन वा कारोवार स्थल आकस्मिक भ्रमण तथा अन्तःशुल्क स्टीकर व्यवस्थापन गर्ने ।

  ण मूअकरमा दर्ता भएका करदाताहरुको वायोमेट्रिक रजिष्ट्रेशन अपग्रेड गर्ने ।  त राजस्व लेखा प्रणालीको कार्यान्वयन गर्ने ।

कर संकलन सम्वन्धी कार्यः

    क कर संकलन गर्ने ।

    ख वक्यौता कर असुली तथा फर्छ्यौट समन्धी कार्य गर्ने ।

    ग नियमित र आकस्मिक संकलन भ्रमण गर्ने ।

    घ विद्य‌ुतीय माध्यम बाट हने कर कट्टिको व्यवस्थापन तथा अनुगमन गर्ने ।

    ङ करदाताको कर भुक्तानी, वक्यौता वा कर फिर्ता पाउने  रकम बारे विद्युतीय अभिलेख राख्ने ।

    च राजस्व लेखा व्यवस्थापन कार्यान्वयन गर्ने ।

उद्देश्यहरु

सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याई कराधार फराकिलो बनाउनुका साथै स्वेच्छिक कर सहाभागिता वढाउनु नै हाम्रो मूल उद्देश्य हाे ।

संगठनात्मक ढाँचा

Download PDF: संगठनात्मक ढाँचा

साेच

आन्तरिक राजस्व कार्यालय टंगाल तपाईलाई हार्दिक स्वागत गर्दछ ।

 

कार्यालयकाे भाैगोलिक कार्यक्षेत्रकाे नक्सा

यस कार्यालयको भोगाेलिक कार्य क्षेत्रकाे नक्सा

 

 

Download PDF: कार्यालयकाे भाैगोलिक कार्यक्षेत्रकाे नक्सा