About

करदाता सेवा कार्यालय, सिन्धुली

कमलामाई नगरपालिकामा अवस्थित करदाता सेवा कार्यालय सिन्धुलीले 2077 साल देखि करदाताहरुलाई कर सम्बन्धी सेवा प्रवाह गर्दै आईरहेको छ। यस कार्यालयले मुख्यत कर कानूनहरुको कार्यान्वयन र परिपालनामा केन्द्रित रहि कर स‌ंकलन गर्दै आईरहेको छ।

शासन सञ्चालन, विकास व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह जस्ता सम्पूर्ण राज्यद्वारा आमनागरिकहरुको हितका लागि  सम्पादन गरिने क्रियाकलापहरुका लागि आर्थिक श्रोतको महत्वपूर्ण भूमिका रहन्छ। राज्यको आयको महत्वपूर्ण हिस्साको रुपमा कर रहन्छ। कर संकलनलाई प्रभावकारी बनाउन सकिएमा राज्यको आर्थिक पक्षलाई सशक्त बनाउन सकिन्छ। यहि विषयलाई केन्द्रविन्दुमा राखेर यस कार्यालयले कर संकलनका लागि दैनिक प्रशासनिक, सेवा प्रवाह, अनुगमन एवं कानूनी कारवाहीका कार्य गर्दै आईरहेको छ।

यस कार्यालयको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन IT tools को प्रयोग, सामाजिक सञ्जाल मार्फत प्रचार प्रसार, विभिन्न निकायसँग समन्वय गर्दै कर शिक्षा, बजार अनुगमन, करदाताको गुनासो सुनुवाई जस्ता कार्यहरुपनि नियमित रुपमा गर्दै आईरहेको छ।