About

कार्यालयको संक्षिप्त परिचय

करदाता सेवा कार्यालय चकचके, प्युठान: प्युठान जिल्लाको माण्डवी गाउँपालिकाको जसपुर बजारमा अवस्थित छ । यस कार्यालयको कार्यक्षेत्र अन्तरगतका प्रमुख व्यापारिक केन्द्रहरुमा प्युठान जिल्लाको प्युठान नगरपालिकास्थित बाग्दुल्ला, बीजुवार; स्वर्गद्धारी नगरपालिकाको भिङ्ग्री; सरुमारानी गाउँपालिकाको दर्भानबजार; मल्लरानी गाउँपालिकाको खलंगाबजार (सदरमुकाम) एवं रोल्पा जिल्लाको लिवाङबजार तथा सुलीचौर बजारमा अवस्थित छन्। नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार आन्तरिक राजस्व कार्यालय तुलसीपुर, दाङको मातहत रही सेवा-प्रवाह गर्ने गरी मिति २०७७ असार १७ मा यस  कार्यालयको स्थापना भएको हो। यस कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कसम्बन्धी नीतिहरूको कार्यान्वयन र सेवा-प्रवाह गर्दछ। यस कार्यालयले राजस्व सङ्‍कलनका अतिरिक्त नयाँ व्यवसाय दर्ता गरी स्थायी लेखा नम्बर प्रदान, व्यक्तिगत स्थायी लेखा नम्बर जारी, सरकारी कार्यालयहरुले अग्रीम कर कट्टी गरि विद्युतीय रुपमा E-TDS गर्ने प्रयोजनार्थ (W-PAN) स्थायी लेखा नम्बर प्रदान, व्यावसायिक/व्यक्तिगत कर चुक्ता प्रदान, मूल्य अभिवृद्धि कर दर्ता, अन्तःशुल्क इजाजतपत्र प्रदान, नवीकरण सेवाहरु प्रदान गर्दछ। यस कार्यालयको कार्यालय कोड ३०५०४५५०१ हो।