About

Wellcome to our website

हाम्रो बारे

 


आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको वेवसाईटमा यहाँलाई स्वागत छ।

आन्तरिक राजस्वका श्रोतमार्फत कर राजस्व परिचालनमा आन्तरिक राजस्व विभागको भूमिका महत्वपूर्ण रहेको छ । करको दायरा बिस्तार गर्ने, करदाताको स्वेच्छिक कर सहभागिता अभिवृद्धि गर्न आवश्यक कार्यप्रणाली तथा कार्यक्रम लागू गर्ने, कर कानूनको परिपालना भए नभएको अनुगमन तथा मूल्याङ्कन गर्ने र कर जोखिममा आधारित भई कर कानूनहरुको कार्यान्वयन गर्ने, गराउने कार्य विभाग मातहत रहेका विभिन्न ८४ वटा कार्यालयहरुमार्फत हुने गरेको छ।  चौरासी कार्यालयहरु मध्ये काठमाडौं महानगरपालिकाको वडा नं. ११, १२, २० र २१ कार्यक्षेत्र रहने गरी आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वर सञ्चालनमा रहेको छ । 

आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरले कार्यक्षेत्र भित्रका करदाताहरुलाई सूचना प्रविधिको उपयोग गर्दै करदाता सेवा प्रदान गर्ने, स्थायी लेखा नम्बर जारी गर्ने, मूल्य अभिवृद्धि करमा दर्ता गर्ने, अन्तःशुल्क इजाजत जारी तथा नवीकरण गर्ने, स्वयं कर निर्धारण प्रणालीलाई व्यवस्थित गर्दै सूचना संकलन र जोखिम विश्लेषणमा आधारित भई सीमित करदाताको अनुगमन, कर परीक्षण र अनुसन्धान गर्ने, सूचना प्रविधिको उपयोगबाट करदाता र कर प्रशासनको प्रत्यक्ष सम्पर्क घटाउँदै कर सहभागिता बढाउने लगायतका कार्यहरु सञ्‍चालन गर्दै राजस्व संकलनको कार्य गर्दछ ।

नागरिक वडापत्र

Nagrikwadaptara 2079.080.pdf

Download PDF: नागरिक वडापत्र

सूचना अधिकारी

संगठनात्मक चार्ट