About

हाम्रो बारेमा

कर राजस्व उठाउने मुख्य जिम्मेवारी पाएको आन्तरिक राजस्व विभागले देशका विभिन्न ४३ स्थानमा रहेका आन्तरिक राजस्व कार्यालयहरू मध्यम स्तरीय करदाता कार्यालय १, ठूला करदाता कार्यालय १ तथा ३९ वटा करदाता सेवा कार्यालयहरूमार्फत देशको कर प्रशासनको व्यवस्थापन एवं सञ्चालन गर्दै आएको छ । सगरमाथा अंचलभर कार्यक्षेत्र रहने गरी यस आन्तरिक राजस्व कार्यालय, लहानले निरन्तर रुपमा करदाताहरूलाई सेवा प्रवाह एवं सहजिकरण गर्दै आएको छ । हाल यस आन्तरिक राजस्व कार्यालय, लहानको कार्यालय लहान नगरपालिकाको वडा नं. 8 मा रहेको छ .

आन्तरिक राजस्व विभाग अन्तर्गत रहेको आन्तरिक राजस्व कार्यालय, लहान अन्तर्गत करदाता सेवा कार्यालय, राजबिराज, करदाता सेवा कार्यालय, गाईघाट, करदाता सेवा कार्यालय, लुक्ला, करदाता सेवा कार्यालय, दिक्तेल, करदाता सेवा कार्यालय, ओखलढुङ्गा रहेका छन् । आन्तरिक राजस्व कार्यालय, लहानको प्रमुख कार्य नेपालमा आन्तरिक रुपमा परिचालन हुने प्रमुख करहरु आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको प्रशासन गर्नु हो ।