About

 

 

हाम्राे बारेमा

आन्तरिक राजश्व कार्यालयकाे कृष्णनगरकाे वेबसाइटमा हार्दिक स्वागत छ ।

  • कार्यालयको परिचय, स्वरुप, प्रकृति र कार्यक्षेत्रः

विश्वमा बढ्दो आर्थिक अन्तरनिर्भरता र पूँजी, प्रविधि र श्रमको बढ्दो प्रवाह अनुरुप मुलुकको कराधारको संरक्षण गर्नुपर्ने आवश्यकता महसुस गरी नेपालमा व्यवस्थित कर प्रणाली थालनी भएको साढे पाँच दशक भईसकेको छ । त्यस्तै स्वयंकर निर्धारणको सिद्धान्तमा आधारित आधुनिक कर प्रणालीको प्रारम्भ भएको दुई दशकभन्दा बढी भईसकेको छ । आयकर प्रणालीलाई व्यवस्थित गर्ने उद्देश्यले आयकर ऐन, 2058 तथा अन्तःशुल्कलाई आधुनिक र व्यावहारिक बनाउने उद्देश्यले अन्तःशुल्क ऐन, 2058 जारी भई कार्यान्वयनमा आएको 20 बर्ष भैसकेको छ । त्यस्तै एकल दरको आधुनिक कर एवं अत्याधुनिक, लचिलो र पारदर्शी करको रुपमा मूल्य अभिवृद्धि कर ऐन, 2052 तर्जुमा भई 2054 साल मंसिर १ गरेदेखि मूल्य अभिवृद्धि कर लागू गरिएको हो ।

कर राजस्व उठाउने मुख्य जिम्मेवारी पाएको आन्तरिक राजस्व विभागले देशका विभिन्न 43 स्थानमा रहेका आन्तरिक राजस्व कार्यालयहरू,मध्यम स्तरीय करदाता कार्यालय 1, ठूला करदाता कार्यालय १ तथा 39 वटा करदाता सेवा कार्यालयहरूमार्फत देशको कर प्रशासनको व्यवस्थापन एवं सञ्चालन गर्दै आएको छ । कपिलवस्तु तथा अर्घाखाँची जिल्ला कार्यक्षेत्र रहने गरी यस आन्तरिक राजस्व कार्यालय, कृष्णनगरले निरन्तर रुपमा करदाताहरूलाई सेवा प्रवाह एवं सहजिकरण गर्दै आएको छ । हाल यस आन्तरिक राजस्व कार्यालय, कृष्णनगरकोकार्यालय कृष्णनगर नगरपालिकाको वडा नं. २ मा रहेको छ ।

आन्तरिक राजस्व विभाग अन्तर्गत रहेकोआन्तरिक राजस्व कार्यालय, कृष्णनगर अन्तर्गत करदाता सेवा कार्यालय, तौलिहवा तथाकरदाता सेवा कार्यालय, सन्धिखर्क रहेका छन्।आन्तरिक राजस्व कार्यालय, कृष्णनगरको प्रमुख कार्य नेपालमा आन्तरिक रुपमा परिचालन हुने प्रमुख करहरू आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायतका करहरुको व्यवस्थापन गरीप्रशासन संचालन गर्नु हो ।

यस आन्तरिक राजस्व कार्यालय, कृष्णनगरको कार्यक्षेत्र कपिलवस्तु तथा अर्घाखाँची जिल्ला रहेको छ ।