परिचय
आन्तरिक राजस्व विभाग अन्तर्गतका ४३ आन्तरिक राजस्व कार्यालयहरुमध्य काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ र १४ तथा किर्तीपुर नगरपालिका र दक्षिणकाली नगरपालिका कार्यक्षेत्रभित्रको आन्तरिक करको प्रशासनिक कार्य गर्नका लागि का. म. न. पा. १४ कलंकी काठमाडौमा करदाता सेवा कार्यालयको रुपमा मिति २०६८।३।२४ मा स्थापना भई संचालनमा आएको यस कार्यालय मिति २०७५।५।१ देखि आन्तरिक राजस्व कार्यालयमा रुपान्तरण भएको हो । यस कार्यालयले आफ्नो कार्यक्षेत्र भित्र आयकर, मूल्य अभिवृद्धि कर तथा अन्त शुल्कको प्रशासन गर्नुका साथै करदाता शिक्षा, सचेतना, करदाता दर्ता लगायतका सेवा प्रवाहको कार्यहरु गर्दै आइरहेको छ । चुस्त, पारदर्शी एवं सक्षम कर प्रशासनका माध्यमबाट नेपाल सरकारको राजस्व नीतिको प्रभावकारी कार्यान्वयन गरी समृद्ध नेपाल:सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिमा योगदान गर्न यो कार्यालय प्रतिवद्ध रहेको छ । दशौं राष्ट्रिय कर दिवश २०७८ का लागि आन्तरिक राजस्व विभागबाट तय गरिएको स्वेच्छिक कर सहभागितमा अभिवृद्धि: सुशासन विकास र समृद्धि नारालाई सार्थक वनाउने गरी यस कार्यालय अगाडि बढिरहेको छ ।