About

नागरिक बडापत्र

आन्तरिक राजस्व कार्यालय, धनगढी कैलाली

करदाता बडापत्र (TAXPAYER CHARTER)

क्र.सं.

गर्नुपर्ने कामको विवरण

पेश गर्नुपर्ने कामगजातहरु

सम्पर्क कोठा नम्बर

लाग्ने समय

लाग्ने शुल्क तथा दस्तुर

  करदाता सहायता कक्ष (सोधपुछ) तत्काल निःशुल्क
करदाता सेवा शाखाबाट प्रदान गरिने सेवाहरू 

व्यक्तिगत स्थायी लेखा नं. PPAN दर्ता

* करदाता स्वयम्‌ले आन्तरिक राजस्व विभागको वेवसाइट www.ird.gov.np मा रहेको Taxpayer Portal को Registration मा उपलब्ध तोकिएको ढाँचामा आवश्यक विवरण प्रविष्टि तथा कागजात Upload गरी प्राप्त सब्मिशन नं. (Submission Number) सहितको अनलाइन आवेदन

02 र 05  सोही दिन निःशुल्क

* प्राप्त अनलाईन विवरण कर अधिकृतबाट रूजु (Verify) हुने र व्यक्तिगत स्थायी लेखा नं. मोवाइलमा SMS मार्फत उपलब्ध हुने

* व्यक्तिगत स्थायी लेखा नं.को प्रमाण पत्र आवश्यक पर्ने भएमा देहायका कागजात सहित उपस्थित हुनु पर्ने (कार्यालयको कुनै व्यक्ति मार्फत लिन चाहेमा सम्बन्धित कार्यालयको पत्र पेस गर्नुपर्ने)

 क) नागरिकताको प्रतिलिपि

 ख) भारतीय नागरिकको हकमा भारतीय भनी परिचय गराउने प्रमाणित कागजातको प्रतिलिपि

 ग) अन्य विदेशी नागरिकको हकमा राहदानी वा कुटनैतिक नियोगद्वारा जारी गरिएको परिचय पत्रको  प्रतिलिपी, श्रम स्वीकृति पत्र र रोजगारदाताको सिफारिस पत्र। 

स्थायी लेखा नं. (PAN) दर्ता

* करदाता स्वयम्‌ले आन्तरिक राजस्व विभागको वेवसाइट www.ird.gov.np मा रहेको Taxpayer Portal को Registration मा उपलब्ध व्यवसाय दर्तासँग सम्बन्धमा तोकिएको ढाँचा अनुसार आवश्यक विवरण प्रविष्टि तथा कागजात Upload गरी प्राप्त भएको सब्मिशन नं. (Submission Number) सहितको अनलाइन आवेदन

०8, 02 र 04 सोही दिन रु १० को हुलाक टिकट

* व्यक्तिगत स्थायी लेखा नं. लिएका करदाताको हकमा कुनै व्यक्तिगत व्यवसायिक फर्म दर्ता गर्न आवेदन गर्दा व्यक्तिगत स्थायी लेखा नं. उल्लेख गर्नुपर्ने (PAN Upgrade)

(एकै व्यक्तिले दुई वटा स्थायी लेखा नं. लिएको पाइएमा आयकर ऐन, २०५८ बमोजिम कारवाही हुने)

* सम्बन्धित निकायको व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपि (दर्ता गर्ने निकायले पत्र उपलब्ध गराएको खण्डमा सो पत्रसमेत संलग्न गर्ने)

* संयुक्त उपक्रम (ज्वाइन्ट भेञ्चर) को हकमा सम्बन्धित निकायले जारी गरेको कार्यादेशसम्बन्धी पत्रको प्रतिलिपि, अख्तियरी पत्र (Power of Attorney) संलग्न गर्ने

J.V. साझेदारहरूमध्ये कुनै एक साझेदार यस कार्यालयमा अनिवार्य दर्ता भएको हुनुपर्ने

* कम्पनीको हकमा कम्पनी रजिष्टार कार्यालयको दर्ता प्रमाण पत्र, प्रबन्ध पत्र र विनियमावलीको प्रतिलिपि, स्थायी लेखा नं. सुरक्षित गरिएको (Reservation) को पत्र

* संस्थाको हकमा सम्बन्धित निकायमा दर्ता भएको प्रमाणपत्र, विधान/प्रबन्धपत्र/विनियमको प्रतिलिपि 

* निकायको हकमा सञ्चालक/पदाधिकारीहरूको नागरिकताको प्रतिलिपि, अख्तियारी तोकिएको सञ्चालक समितिको निर्णयको प्रतिलिपि, प्रचलित कानून बमोजिम तयार पारिएको प्रबन्धपत्र र नियमावली, विधान, विनियमको प्रतिलिपि

* एकलौटी व्यवसायको हकमा सम्बन्धित व्यक्तिको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।

* बहालमा लिई व्यवसाय गर्ने भए घर बहाल सम्झौता पत्रको प्रतिलिपि, आफ्नै घरमा व्यवसाय गर्ने भए लालपूर्जा प्रमाणपत्रको प्रतिलिपि र ऐलानी जग्गामा निर्मित घरमा व्यवसाय गर्ने भए सम्बन्धित पालिकाको सिफारिस ।

* भारतीय नागरिकको हकमा भारतीय नागरिक भनी परिचय गराउने प्रमाणित कागजात र धरौटी दाखिलाको प्रमाण 

* कारोबार स्थल देखिने गरी कोरिएको नक्सा

* व्यक्तिगत व्यवसायको हकमा प्रोप्राइटर र निकायको हकमा सञ्चाकलहरू मध्ये अख्तियारी प्राप्त जिम्मेवार व्यक्ति स्वयम् वायोमेट्रिक दर्ताका लागि अनिवार्य उपस्थित हुनु पर्ने 

PAN Downgrade

* एकलौटी व्यवसाय गरी स्थायी लेखा नं. बन्द गराएकाको हकमा व्यक्तिगत स्थायी लेखा नं. मा Downgrade गर्दा

     क) दर्ता खारेज (Deregistration) भएको हुनुपर्ने ।

     ख) निवेदन

     ग) Biometric ( बायोमेट्रिक नभएककाको हकमा)

मूल्य अभिवृद्धिकर दर्ता

* करदाता स्वयम्‌ले आन्तरिक राजस्व विभागको वेवसाइट www.ird.gov.np मा रहेको Taxpayer Portal मा रहेको Registration (VAT) मा उपलब्ध व्यवसाय दर्तासँग सम्बन्धित तोकिएको ढाँचामा आवश्यक विवरण प्रविष्ट गरी प्राप्त भएको सब्मिशन नं. (Submission Number) सहितको अनलाइन आवेदन

०२ र ०४ सोही दिन निःशुल्क

* स्थायी लेखा नं. दर्ता प्रमाण पत्रको सक्कल

विद्यतिय विजकको अनुमति 

(E-Billing)

* करदाता स्वयम्‌ले आन्तरिक राजस्व विभागको वेवसाइट Taxpayer Portal मार्फत विद्युतिय विजकको लागि तोकिएको ढाँचामा आवश्यक विवरण प्रविष्ट गरी प्राप्त Submission  Number सहितको अनलाइन आवेदन र सो आवेदनमा उल्लेख भएबमोजिमका आवश्यक कागजातहरु  

02, ०७ र ०१ दुई दिन निःशुल्क

अन्तःशुल्क इजाजतपत्र 

* व्यवसाय दर्ता गर्ने निकायबाट जारी भएको कारोबार गर्न चाहेको अन्तःशुल्कजन्य वस्तु र कारोबारको प्रकृति (उत्पादक, वितरक, थोक, खुद्रा आदि) खुल्ने व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि

०२ र ०५ सोही दिन/ भोलिपल्ट रु १० को हुलाक टिकट

* अन्तःशुल्कजन्य वस्तु बिक्री गर्नेको हकमा सम्बन्धित वडा कार्यालयले जारी गरेको सिफारिस र चार किल्ला तोकी २०० मिटर वरपर मठमन्दिर, विद्यालय र अस्पताल नभएको व्यहोरा खुलेको सर्जमीन मुचुल्का

* स्थायी लेखा नं. दर्ता प्रमाण पत्रको सक्कल 

* होटल बाहेक मदिराजन्य वस्तुको कारोबार गर्ने फर्मले मदिरा, सुर्तिजन्य पदार्थ र चुरोट बाहेक अन्य वस्तुको कारोवार नगरेको हुनुपर्ने (अन्तःशुल्क जन्यवस्तु छुट्टै स्थानमा राखेर सञ्चालन गर्नुपर्ने)

* शाखागत रुपमा अन्तःशुल्कको कारोबार गर्ने भए प्रत्येक शाखाको लागि छुट्टाछुट्टै अन्तःशुल्क इजाजत लिनुपर्ने 

शाखा थप,

* तोकिएको ढाँचा बमोजिमको निवेदन

०८, ०२, ०४ र ०१ सोही दिन रु १० को हुलाक टिकट

* व्यवसाय दर्ता भएको निकायबाट जारी गरिएको शाखा थप भएको पत्रको प्रतिलिपि

* निकाय (प्रा.लि.) को हकमा शाखा रहने सम्बन्धित स्थानीय तहमा शाखा कायम भएको सिफारिस र दर्ता प्रमाण पत्रको प्रतिलिपि

* बहालमा लिई शाखा थप गर्ने भए घर बहाल सम्झौता पत्रको प्रतिलिपि, आफ्नै घरमा व्यवसाय गर्ने भए लालपूर्जा प्रमाणपत्रको प्रतिलिपि र ऐलानी जग्गामा निर्मित घरमा व्यवसाय गर्ने भए सम्बन्धित पालिकाको सिफारिस ।

* शाखामा बस्ने कर्मचारीको स्थायी लेखा नं., नाम, सम्पर्क नम्बर 

कारोबार थप

* तोकिएको ढाँचा बमोजिमको निवेदन 

०८, ०२, ०३ र ०१

* कारोबार थप भएको प्रमाण पत्रको प्रतिलिपि 

* स्थायी लेखा नं. दर्ता प्रमाण पत्रको सक्कल 

सञ्चालक वा साझेदार परिवर्तन 

* तोकिएको ढाँचा बमोजिमको निवेदन

०८, ०२, ०५ र ०१

* सञ्चालक वा साझेदार परिवर्तन भएको प्रमाण पत्रको प्रतिलिपि 

* स्थायी लेखा नं. दर्ता प्रमाण पत्रको सक्कल 

*सञ्चालक/साझेदार मध्ये अख्तियारी प्राप्त सञ्चालक/साझेदार स्वयम् उपस्थित हुनु पर्ने ।

* निकायको हकमा ५० प्रतिशत वा सो भन्दा बढी स्वामित्वमा परिवर्तन हुने गरी सञ्चालक/साझेदार परिवर्तन भएको खण्डमा आयकर ऐन २०५८ को दफा ५७ बमोजिम वित्तीय विवरण र स्वामित्वमा परिवर्तन भएको अवस्थामा भर्नुपर्ने आय विवरण(Change of control) र सो विवरण बमोजिम लाग्ने कर दाखिला

* साझेदारी फर्ममा कुनै एक साझेदार परिवर्तन भएको अवस्थामा साविकको साझेदारी फर्म खारेज गरी नयाँ साझेदारी फर्म दर्ता हुनुपर्ने

कारोबार संशोधन व्यवसायको नाम, उद्देश्य संशोधन गर्ने

* तोकिएको ढाँचा बमोजिमको निवेदन

०८, ०२, ०५ र ०१

* व्यवसायको नाम, उद्देश्य र कारोबार संशोधन भएको आधिकारिक प्रमाण पत्रको प्रतिलिपि

* आयकर विवरण/ मू.अ.कर विवरण/ अन्तःशुल्क विवरण दाखिला गरेको र बक्यौता नरहेको हुनुपर्ने

* स्थायी लेखा नं. दर्ता प्रमाण पत्रको सक्कल 

हक हस्तान्तरण

* तोकिएको ढाँचाको निवेदन

०८, ०२, ०५ र ०१ सोही दिन रु १० को हुलाक टिकट

* व्यवसाय दर्ता भएको निकायबाट जारी गरिएको हक हस्तान्तरणको प्रमाण

* स्थायी लेखा नं. दर्ता प्रमाण पत्रको सक्कल 

* मूल्य अभिवृद्धि करमा दर्ता भएको तर कुनै कारणवस हक हस्तान्तरण हुने भएमा मूल्य अभिवृद्धिकर नियमावली २०५३ को अनुसूची ४ बमोजिमको विवरण 

१०

नामसारी

* तोकिएको ढाँचाको निवेदन

०८, ०२, ०५ र ०१

* व्यवसाय दर्ता भएको निकायबाट जारी गरिएको नामसारी गरिएको पत्रको प्रतिलिपि

* नामसारी भइजाने व्यक्तिको नाममा यस अघि स्थायी लेखा नं. नभएमा क्र.सं. २ र स्थायी लेखा नं.मा दर्ता भएको फर्मको हकमा नामसारी दिने व्यक्तिले क्र.सं. 16 र १७ बमोजिमको प्रक्रिया पुरा गर्नुपर्ने

* स्थायी लेखा नं. दर्ता प्रमाण पत्र/ अन्तःशुल्क इजाजत पत्रको सक्कल 

११

ठाँउसारी सम्बन्धी कार्य

* तोकिएको ढाँचाको निवेदन

०८, ०२, ०५ र ०१

* एक जिल्लाको व्यवसाय गर्ने निकायमा दर्ता भई अर्को जिल्लामा ठाँउसारी गर्ने करदाताको हकमा कारोबार छोडेको जिल्लाको व्यवसाय दर्ता गर्ने निकायबाट व्यवसाय दर्ताको लगत कट्टा (कारोबार बन्द) भएको पत्र र ठाँउसारी भई जाने जिल्लाको व्यवसाय दर्ता गर्ने निकायमा दर्ता भएको व्यवसाय दर्ता प्रमाण पत्रको प्रतिलिपि

* परिवर्तन गरिएको स्थानमा बहालमा लिई व्यवसाय गर्ने भए सम्झौता पत्रको प्रतिलिपि, आफ्नै घरमा व्यवसाय गर्ने भए जग्गाधनी पुर्जा प्रमाणपत्रको प्रतिलिपि र ऐलानी जग्गामा निर्मित घरमा व्यवसाय गर्ने भए सम्बन्धित पालिकाको सिफारिस

* आवधिक रुपमा दाखिला गर्नुपर्ने आय विवरण तथा कर विवरण र सो बमोजिम दाखिला गर्नुपर्ने कर रकम समेत दाखिला गरेको

* व्यक्तिगत स्थायी लेखा नं. दर्ता भएको कार्यालयबाट यस कार्यालयमा PPAN स्थानान्तरण गर्नु पर्दा सम्बन्धित करदाताको निवेदन 

१२

आयकर विवरण डे ०१

* डे ०१ को विवरणको हकमा कार्यालय परिसर भित्र रहेको बैंङ्क काउन्टरमा उपलब्ध भौचर भरी पेस गर्न सकिने 

१० सोही दिन विवरण बमोजिमको रकम
१३

कर विवरण, आयकर दाखिला गरेको प्रमाण/ कर चुक्ता प्रमाण पत्र जारी गर्ने 

* करचुक्ता प्रमाण पत्रको लागि तोकिएको ढाँचा बमोजिमको निवेदन 

०२,०५,०३, ०६,०७ र ०१ सोही दिन आय विवरण अनुसार तिर्नु पर्ने रकम र रु१० को हुलाक टिकट

* डे ०१ र ०२  आय विवरण पेश गरेका करदाताले आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणाली बाट स्वयम् करचुक्ता निकाल्न सक्ने

* आय विवरण बमोजिम दाखिला गर्नुपर्ने कर शुल्क तथा व्याज र अग्रिम कर कट्टी (TDS) गर्नुपर्ने भुक्तानी समेत गरेको भए सोको अग्रिम कर कट्टी विवरण र कर दाखिला गरेको प्रमाण

* माग भएको आ.व. भन्दा अगाडिको करचुक्ता भएको प्रमाण (यदि गत आ.व. वा अघिल्लो आ.व मा करचुक्ता नलिएको भए प्रत्येक आ.व.को आय विवरण वित्तीय विवरण र कर दाखिला गरेको प्रमाण)

* कर दायित्व वक्यौता नभएको 

* रोजगारीको आयमात्र भएको करदाताले रोजगारदाता कार्यालयबाट जारी भएको करयोग्य आय खुलेको पत्र र दाखिला गर्नुपर्ने कर रकम दाखिला गरेको प्रमाण 

* निर्माणसम्बन्धी कारोबार गर्ने करदाताको हकमा जे.भी मा बक्यौता नभएको हुनुपर्ने 

* डे ०४ को हकमा आन्तरिक राजस्व विभागको वेवसाइट www.ird.gov.np मा Taspayer Portal मार्फत स्वयम्‌ले आय विवरण पेस गरी कार्यालयबाट रुजू Verify गराउने

१४

आय विवरणको संशोधन

* आयकर ऐनले तोकेको म्याद भित्र आय विवरण पेश गरेको मितिले तीस दिन भित्र आन्तरिक राजस्व विभागको वेवसाइट www.ird.gov.np मा Taxpayer Portal को प्रयोग गरी स्वयम्‌ले Ammendment प्रविष्ट गरी कार्यालयमा पेस गर्ने

२०१ सोही दिन निःशुल्क
१५

User Password प्राप्त गर्ने (E-TDS) को लागि मात्र

* तोकिएको ढाँचामा निवेदन

सोही दिन निःशुल्क

* करदाता स्वयम्‌ले वा निजको अधिकार प्रत्यायोजन गरेको (लिखित) अधिकार प्राप्त व्यक्तिको उपस्थिति

१६

PAN स्थगन

* तोकिएको ढाँचाको निवेदन

०१, ०५, ०२  सोही दिन निःशुल्क

* व्यवसाय दर्ता भएको निकायले जारी गरेको व्यवसाय खारेज गरेको (लगत कट्टा भएको) पत्र 

* कार्यालयबाट जारी भएको स्थायी लेखा नं.को सक्कल प्रमाण पत्र 

* वक्यौता र बेरुजु नभएको 

* गत आ.व. सम्मको आय विवरण चालु आ.व. को व्यवसाय बन्द गर्दाको अवस्थामा भर्नुपर्ने (Close of Business) आय विवरण र सो बमोजिम दाखिला गर्नुपर्ने कर दाखिला गरेको प्रमाण 

१७

मूल्य अभिवृद्धि कर (VAT) दर्ता खारेजी

अन्तःशुल्क इजाजत स्थगन

* तोकिएको ढाँचाको निवेदन

०१, ०५, ०२ २०४, २०५ र २०१ सम्पूर्ण प्रमाण कागजात पेश भएको अवस्थामा ऐनले तोकेको समय  निःशुल्क

* व्यवसाय दर्ता भएको निकायले जारी गरेको व्यवसाय खारेज गरेको पत्र 

* कार्यालयबाट जारी भएको स्थायी लेखा नं. को सक्कल प्रमाण पत्र 

* वक्यौता र बेरुजु नभएको 

* गत आ.व. सम्मको आय विवरण चालु आ.व. को व्यवसाय बन्द गर्दाको अवस्थामा भर्नुपर्ने (Close of Business) आय विवरण र सो बमोजिम दाखिला गर्नु पर्ने कर दाखिला गरेको प्रमाण 

* अन्तःशुल्क जन्य वस्तुको समेत कारोबार गर्ने करदाताको हकमा कार्यालयबाट जारी भएको अन्तःशुल्क इजाजतपत्रको सक्कल प्रमाण पत्र 

* विगत चार आ.व.को कारोबार प्रमाणित गर्ने  खरिद तथा बिक्री खाता र खरिद तथा बिक्री बीजक सहित मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को अनुसूचि ११ बमोजिम निवेदन

१८

कर छुट तथा नविकरण

* निवेदन

* विधान/प्रबन्धपत्र/विनियमावलीको प्रतिलिपि

* लेखा परीक्षण प्रतिवेदनको प्रतिलपि

* कर छुट पाउने गरी सम्बन्धित निकायमा दर्ता भएको प्रमाणत्र

* स्थायी लेखा नं.को प्रतिलिपि

* करचुक्ता प्रमाणत्रको प्रतिलिपि

नविकरणको लागि

* निवेदन

* संस्था दर्ता नविकरणको निस्सा

* करचुक्ता प्रमाणत्रको प्रतिलिपि 

०१, ०३, ०६ र ०२ सोही दिन निःशुल्क

संकलन शाखाबाट प्रदान गरिने सेवाहरू 

राजस्व बुझ्ने 

* कार्यालय परिसर भित्र रहेको एभरेष्ट बैंङ्क लि., धनगढी शाखा काउन्टर वा आन्तरिक राजस्व विभागबाट राजस्व बुझ्न स्वीकृत प्राप्त बैङ्कका शाखा वा अनलाइन भुक्तानी

10 सोही दिन निःशुल्क
2

मू.अ.कर समायोजन

* करदाताको निवेदन

२०४, २०५ र ०१ सोही दिन निःशुल्क

* भुक्तानी विवरण

* बिक्री विल, बिक्री खाता

* कुनै पनि कर वक्यौता तथा विवरण पेश गर्न बाँकी नभएको र उक्त भुक्तानी रकम बिक्री खाता एवम् मूल्य अभिवृद्धि कर विवरण र आय विवरणसँग भिडान भएको हुनुपर्ने 

* J.V. मा समेत नन्फाईलर र वक्यौता नभएको हुनुपर्ने 

सम्पत्ति बैंक खाता रोक्का फुकुवा

* करदाताको निवेदन 

२०६ सोही दिन निःशुल्क

* बक्यौता रकम दाखिला भएको प्रमाण तथा सम्पूर्ण विवरण पेश गरेको हुनुपर्ने 

वक्यौता लगत कट्टा

* करदाताको निवेदन

206 र २०७ सोही दिन निःशुल्क

* वक्यौता रकम दाखिला प्रमाण  

कर दाखिला बैंक भौचर संशोधन

* भौचर संशोधन गर्नुपर्ने कारण सहितको निवेदन

२०४ सोही दिन निःशुल्क

* कर रकम दाखिला गरेको बैंङ्क भौचरको प्रतिलिपि 

* सार्वजनिक निकायमा कुनै पनि कार्य गरे वापत उक्त कार्यालयले कर दाखिला गर्दा गल्ती हुन गई फरक परेमा सम्बन्धित कार्यालयको सिफारिस पत्र तथा कर रकम दाखिला बैंङ्क भौचरको प्रतिलिपि 

* बैंङ्कमा दाखिला गरेकै दिन संशोधन गर्नु पर्ने भए बैंङ्कले नै संशोधन गरिदिन सक्ने

कर परीक्षण तथा अनुसन्धानशाखा बाट प्रदान गरिने सेवाहरू 

बेरुजु फर्छ्यौट 

* कार्यालयबाट माग भए बमोजिमका बेरुजुसँग सम्बन्धित करदाताको जवाफ, प्रमाण तथा कर दाखिला गरेको भौचर 

206 र २०७ यथाशक्य शीघ्र ऐन बमोजिम निर्धारित कर रकम
पूर्ण कर परीक्षण

* कार्यालयबाट माग भए बमोजिमका कारोवारसँग सम्बन्धित आवश्यक कागजातहरू 

२०२,२०४, 206 र २०७ ऐनले तोकेको म्याद भित्र ऐन बमोजिम निर्धारित कर रकम
अनुसन्धानात्मक कर परीक्षण (प्रारम्भिक तथा विस्तृत)

* कार्यालयबाट माग भए बमोजिमका कारोवारसँग सम्बन्धित आवश्यक कागजातहरू 

२०२,२०४, 206 र २०७ ऐनले तोकेको म्याद भित्र ऐन बमोजिम निर्धारित कर रकम
चालु आ.व को कर परीक्षण

* कार्यालयबाट माग भए बमोजिमका कारोवारसँग सम्बन्धित आवश्यक कागजातहरू 

२०२,२०४, 206 र २०७ सम्बन्धित आ.व. भित्र निःशुल्क
EDP Based अनुसन्धानात्मक कर  परीक्षण ।

* कार्यालयबाट माग भए बमोजिमका कारोवारसँग सम्बन्धित आवश्यक कागजातहरू 

२०२,२०४, 206 र २०७ यथाशक्य शीघ्र ऐन बमोजिम निर्धारित कर रकम
कर फिर्ता

* करदाताको निवेदन

२०२,२०४, 206, २०७ र २०१ ऐनले तोकेको म्याद भित्र निःशुल्क

* कर फिर्ता माग गरेको अनलाईन विवरण

* कार्यालयबाट माग भएका कारोबारसँग सम्बन्धित आवश्यक कागजातहरू

दर्ता खारेजी परीक्षण

* करदाता सेवा शाखाबाट स्थायी लेखा नं. अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर बन्द (Close Of Business) Verify गराई सो कारोबारसँग सम्बन्धित कार्यालयबाट माग भए बमोजिमका आवश्यक कागजातहरू 

२०२,२०४, 206 र २०७ ऐनले तोकेको म्याद भित्र ऐन बमोजिम निर्धारित कर रकम
अग्रिम कर कट्टी परीक्षण

* कार्यालयबाट माग भए बमोजिमका कारोवारसँग सम्बन्धित आवश्यक कागजातहरू 

२०२,२०४, २०५, 206 र २०७ यथाशक्य शीघ्र ऐन बमोजिम निर्धारित कर रकम

करदाता स्वयम्‌बाट सम्पादन हुने कार्यहरु

आन्तरिक राजस्व विभागको वेवसाइट www.ird.gov.np बाट online मार्फत उपलब्ध हुने सेवाको प्रयोग गर्नहुन अनुरोध गरिन्छ ।

 यस प्रकारका सेवाहरू देहाय बमोजिम रहेका छन् ।

* आय विवरण/ अनुमानित आय विवरण (आय विवरण डे ०२ बाहेक) / मू.अ.कर विवरण/ अन्तःशुल्क विवरण/ अग्रिम कर कट्टी विवरण पेस तथा रूजु (Verify) गर्ने

 

* आय विवरण पेश गर्ने म्याद थप तथा स्वीकृति

     

* अन्तःशुल्क इजाजत पत्र नवीकरण (Permit Renew)  (प्रत्येक आर्थिक वर्षका लागि साउन महिना भित्र नवीकरण भएको हुनुपर्ने)

     

* User ID तथा Password Create र Password Reset

     
* Tax Credit Claim

 

     

* मूल्य अभिवृद्धि कर खरिद र बिकी खाता प्रमाणीत

     
* KYT Update

 

     
 

 

     
 

 

     
  सूचना अधिकारी

 

  कर अधिकृत
  उजुरी तथा गुनासो सुन्ने अधिकारी

 

  प्रमुअ कर अधिकृत

संगठन संरचना