About

आन्तरिक राजस्व कार्यालय डडेल्धुराको वेवसाईटमा स्वागत छ!

यस आन्तरिक राजस्व कार्यालय डडेल्धुरा नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागको मातहतमा रही मूल्य अभिबृद्धि कर ऐन-२०५२, आयकर ऐन-२०५८ र अन्तःशुल्क ऐन-२०५८ तथा यी ऐन अन्तर्गत बनेका सबै कर कानूनको कार्यान्वयन गर्न स्थापीत सरकारी कार्यालय हो। यस कार्यालयको हालको कार्यक्षेत्र डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ्ग, डोटी, अछामबाजुरा गरी सात जिल्ला रहेको छ। डोटी जिल्लामा सेवा प्रदान गर्न सिलगढी (डोटी) मा र बाजुरा र अछाम जिल्लामा सेवा प्रदान गर्न साँफेबगर (अछाम) मा करदाता सेवा कार्यालयहरु पनि रहेका छन्।