करदाता सेवा कार्यालय मलंगवा, सर्लाहीको वेवसाइटमा हजुरहरुलाई हार्दिक स्वागत छ ।
करदाता सेवा कार्यालय मलंगवा, सर्लाहीको वेवसाइटमा यहाँलाई हार्दिक स्वागत छ । यस कार्यालयको कार्यक्षेत्र सर्लाही जिल्लाको मलंगवा नगरपालिका, हरिपूर्वा नगरपालिका, बलरा नगरपालिका, गोडैता नगरपालिका, कविलासी नगरपलिका, चक्रघट्टा गाउँपालिका, धनकौल गाउँपालिका, ब्रम्हपुरी गाउँपालिका, रामनगर गाउँपालिका, विष्णु गाउँपालिका, कौडेना गाउँपालिका, पर्सा गाउँपालिका, बसबरिया गाउँपालिका र चन्द्रनगर गाउँपालिका रहेको छ । तालुक आन्तरिक राजस्व कार्यालय : आन्तरिक राजस्व कार्यालय, जनकपुर रहेको छ ।
यस कार्यालयले कानुन बमोजिमको कर प्रशासन (आयकर, मूल्य अभिवृद्वि कर,अन्तःशुल्क) सम्बन्धी तथा अन्य तोकिएको सेवाहरु प्रवाह गर्दछ ।
आम नेपाली नागरिक तथा करदाताहरुलाई उच्च सम्मान गर्दै नेपाल सरकारको ऐन, नियम, नीति, निर्देशिका तथा निर्देशन अनुसार सक्रिय रुपमा छिटो, छरितो, गुणस्तरीय र करदातामैत्री सेवा प्रवाह गर्न यो कार्यालय प्रतिबद्व रहेको छ ।