नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग (लाजिम्पाट,काठमाडौं) अन्तर्गत राजस्व संकलन तथा परिचालन गर्ने उद्देश्यकासाथ हालसम्म मुलुक भरि १ ठुला करदाता कार्यालय, १ मध्यमस्तरिय करदाता कार्यालय, ४३ ओटा आन्तरिक राजस्व कार्यालय र ३९ ओटा करदाता सेवा कार्यालय गरी जम्मा ८४ वटा कर कार्यालय स्थापना भई कर प्रशासनका रुपमा क्रियाशील रहेका छन, जसमध्ये आन्तरिक राजस्व कार्यालय धुलिखेल समेत एक हो । यस कार्यालयको सेवा क्षेत्र अन्तर्गत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र दोलखा सहित ४ वटा जिल्लाहरु रहेका छन् । यस कार्यालयमा कार्य जिम्मेवारी विशिष्टिकरणका हिसाबले सेवा शाखा, संकलन शाखा र कर परीक्षण तथा अनुसन्धान शाखा गरी तीन वटा शाखाहरु रहेका छन्।
यस कार्यालयको मुख्य कार्य जिम्मेवारी आफ्नो सेवाक्षेत्र भित्रका करदाताहरुको पहिचान गरी स्थायी लेखा नम्बर जारी गरी कराधार विस्तार गर्ने, करदाता शिक्षा कार्यक्रमका माध्यमद्धारा कर सचेतना अभिबृद्धि गर्ने, स्वयम् कर निर्धारण प्रणालीलाई उत्प्रेरित गर्ने, कर विवरण पेश नगर्ने करदाताहरुको पहिचान गरी कर विवरण संकलन गर्ने, कर चुक्ता प्रमाणपत्र जारी गर्ने, करदाताले दाखिला गरेको कर र कर प्रशासनले करारोपण गरी सिर्जना गरेको कर संकलन गर्ने, कर परीक्षण तथा अनुसन्धानका कार्य गर्ने र बक्यौता रकम असुली गरी सोको अभिलेख अद्यावधिक गर्ने तथा करदाताहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्नु हो ।