कार्यालयको कार्यक्षेत्र
आन्तरिक राजस्व कार्यालय, दमकले झापा जिल्ला भित्रका दमक नगरपालिका, गौरदह नगरपालिका, शिवसतासी नगरपालिका, कमल गाउँपालिका, गौरीगंज गाउँपालिका र मोरङ जिल्ला भित्रका उर्लावारी नगरपालिका, पथरी नगरपालिका, लेटाङ नगरपालिका, कानेपोखरी गाउँपालिका र मिकलाजुङ गाउँपालिका क्षेत्रहरूमा रहेका करदातामाथि क्षेत्राधिकार प्रयोग गर्दछ। यस कार्यालयले प्रचलित कानून तथा नेपाल सरकारको नीति अनुरूप आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायतका आन्तरिक राजस्वसम्बन्धी करदाताको दर्ता, कर निर्धारण, संकलन, लेखापरीक्षण, कार्यान्वयन तथा कर अनुपालनको निगरानी गर्ने कार्य गर्दछ। साथै, करदाता सेवा, परामर्श, सहजीकरण तथा कर शिक्षा प्रदान गर्ने जिम्मेवारीसमेत यस कार्यालयमा निहित छ।